प्रेस बक्तव्य – बारबरा फाउन्डेसनमार्फत् उद्यमी सुहिृद घिमिरेबाट रू १ करोड १ रूपैया राशीको पुरस्कार घोषणा

यतिबेला नेपाल लगायत विश्व नै कोरोना भाइरसको नयाँ भेरियन्टद्वारा सिर्जित अनिश्चियको महामारीसँग लडिरहेको छ । विकसित देशहरूलाई समेत अप्ठ्यारोेमा पारेको यो समस्यामा जनस्वास्थ्यका कमजोर पूुर्वाधार, राज्यका निकायको अपर्याप्त सहयोग र सीमित श्रोत साधनको उपलव्धता भएको हाम्रो जस्तो मुलुक गम्भीर स्थितीमा छ । यस्तो स्थितीमा पनि अग्रपंक्तिमा बसेर खट्ने सम्पूर्णमा हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।

अग्रपंक्तिका सिपाहीका रूपमा अनवरत लागि पर्ने विभिन्न पेशाकर्मीमध्ये स्वास्थ्यकर्मीहरू पनि एक महत्वपुर्ण हुन् । नेपालका विकट हिमाली क्षेत्र देखि तराईसम्मका विभिन्न चुनौतीपुर्ण भूुगोलमा सीमित श्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका वावजुद बिरामीको जीवन रक्षाको लागि लागिपर्नु पक्कै सहज छैन । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर मानवीय कार्यमा खट्ने हरेक महान व्यक्तिहरूको प्रशंसा जति गरेपनि कम हुन्छ ।

उहाँहरूको पेशाभन्दा माथिको मानवीयता प्रतिको समर्पण भाव देखेर यस फाउन्डेसनका कार्यकारिणी सदस्य श्री सुहिृद घिमिरे (कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एक मात्र आधिकारिक विक्रेता) तथा उहाँकी समाजसेवी छोरी अदिति घिमिरेको हृदयमा “हाम्रो पनि उहाँ स्वास्थ्यकर्मीहरू प्रति केही दायित्व छ उहाँहरूको काममा कुनै तरिकाले आवद्धता देखाउनुपर्छ” भन्ने भाववाट प्रेरित भइ उहाँहरूलाई हौशला तथा सम्मान स्वरूप बारबरा फाउन्डेसनमार्पत् एक करोड एक रूपैयाको सम्मान राशी प्रदान गर्न लागिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ । बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरूलाई सम्मान गरेको पुनस्मरण गर्दै यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न तथा “हामी नेपाल समूह” का संकटका सारथी युवाहरूसँग मिलेर निरन्तर काम गरिरहेको जानकारी गराउदछौँ ।

देशभरका सरकारी, सामुदायिक वा गैर–नाफामुलक संस्था वा सोमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नको लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की लगायत रहनुभएको निर्णायक समिति गठन गरिएको छ ।

यो सम्मानले निर्णायक समितिबाट छनौट हुने सम्मानित व्यक्तित्व मार्पत् सम्पूर्ण अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूलाई सम्मान हुने विश्वास गर्दछौँ साथै सबै देशबासीमा सुरक्षित रहन र अरूहरूलाई राख्न विनम्रतापूर्वक हार्दिक अपिल गर्दछौँ ।

डा. सन्दुक रुइत
अध्यक्ष
बारबरा फाउन्डेसन
मिति : २०७८ जेठ १२ गते बुधबार

Address

Thirbam Sadak, Baluwatar, Kathmandu

Phone Number

977-1-4417198, +977-9851043965

Email

foundationbarbara@gmail.com

Address

Thirbam Sadak, Baluwatar, Kathmandu

Phone Number

977-1-4417198, +977-9851043965

Email

foundationbarbara@gmail.com

Call For Application

Barbara Foundation Investigative Journalism Award - 2082

Last Submission Date: Jestha 31st, 2082