Call for Application: Barbara Adams Investigative Journalism Award-2019

Eligible candidates for the Barbara Adams Investigative Journalism Award – 2019 are requested to submit their application by March 29, 2020 (Chaitra 16, 2076). The application should include the work of investigative journalism accomplished in the year 2019.

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान– २०१९ आह्वान

सरोकारवाला संस्था, महानुभावहरु तथा पत्रकारहरुको जानकारीका लागि बारबरा एडम्स खोजी पत्रकारिता सम्मान – २०१९ आह्वान गरिएको अपिल गर्दछौं । सन् २०१९ मा आफूले प्रकाशित या प्रशारण गरेका खोजी समाचार या अनुसन्धानमुलक लेख तथा सामग्री मिति २०७६ फागुन १६ देखि चैत १६ गतेभित्र यस फाउन्डेसनको कार्यालयमा, इमेल या पोष्ट बक्समार्फत पठाउन सक्नुहुनेछ ।

बारबरा फाउन्डेसनका संस्थापक स्वर्गीय बारबरा एडम्सले २०७० जेठ २ गते आफ्नो नाम अमर रहोस् तथा खोजी पत्रकारिताको माध्यमबाट समाजमा व्याप्त भ्रष्टाचार हटोस् भन्ने अभिप्रायले रु १ लाख १ रुपैयाँ राशीको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान स्थापना गर्नुभएको थियो । हाल पहिलो सम्मान राशी ३ लाख १ रुपैयाँको र विशेष सम्मान राशी १ लाख १ रुपैयाँको बनाइएको छ ।

सम्मान स्थापनाका उद्देश्य
खोजमूलक पत्रकारिताको माध्यमबाट समाजमा सुशासन र प्रजातान्त्रिक सुदृढीकरणका साथै व्यवसायिक पत्रकारितालाई मर्या्दित तुल्याउनु तथा प्रजातान्त्रिक मूल्य र मान्यतालाई प्रोत्साहन गर्नु नै यसको प्रमुख उद्देश्य हो ।
१. गुणात्मक पत्रकारिताको विकासका लागि ।
२. सुशासन कायम गराउनका लागि ।
३. भ्रष्टाचार शून्य समाज निमार्णका लागि सामाजिक अभियान ।
४. खोजमूलक पत्रकारिताको प्रोत्साहन गर्नका लागि ।

सम्मान सम्बन्धी जानकारी
क. यो सम्मान कुनै व्यक्ति वा सञ्चार संस्थाले प्राप्त गर्न सक्ने छ ।
ख. पहिला सम्मान राशी ३ लाख १ रुपैयाँको हुनेछ ।
ग. विशेष सम्मान राशी १ लाख १ रुपैयाँको हुनेछ ।
घ. उक्त सम्मान एक सार्वजनिक कार्यक्रमको आयोजना गरी वितरण गरिने छ ।
ङ. बारबरा एडम्स खोजी पत्रकारिता सम्मान व्यवस्थित रुपमा सञ्चालन गर्न र सम्मान सम्बन्धी निर्णायक मण्डलको समेत भूमिका निर्वाह गर्न एक निर्णायक समिति रहेको छ ।

सम्मानित हुने आधारहरु
१. सम्मान प्राप्त गर्न प्रस्तुत गरिएको खोजी समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री नेपाली सञ्चार माध्यमबाट प्रकाशित या प्रसारित भएको हुनुपर्ने छ ।
२. प्रत्येक अंग्रेजी वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म प्रकाशित वा प्रसारित भएको समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री हुनुपर्ने छ । सन् २०१९ को सम्मानका लागि सोही वर्ष्भित्र प्रकाशित र प्रसारित सामग्री हुनु पर्ने छ ।
३. भ्रष्टाचार विरुदको खोजी समाचार र अनुसन्धानात्मक लेख तथा सामग्री नेपाली समाजसँग सम्बन्धित हुनु पर्नेछ ।
४. यो सम्मान प्राप्त गर्ने सञ्चार संस्था नेपाली र पत्रकार नेपाली नागरिक हुनुपर्ने छ ।
५. नेपाली सञ्चार संस्था भन्नाले नेपाल सरकारको प्रचलित कानुनअनुसार सञ्चालित छापा, रेडियो, टेलिभिजन र अनलाइन भन्ने बुझ्नु पर्ने छ ।
६. यो सम्मान प्राप्त गर्न उमेरको कुनै हदबन्दी छैन ।
७. विशेष अवस्थामा सम्बन्धित सञ्चार संस्थाले समाचार र अनुसन्धानात्मक लेख तथा सामग्रीका लेखक या संवाददाताको नाम जानकारी दिन नचाहेको अवस्थामा यो सम्मान सम्बन्धित समाचार संस्थाले प्राप्त गर्न सक्ने छ ।
८. कुनै पनि सञ्चार संस्थाका प्रमुख व्यक्तिले समाचार र अनुसन्धानात्मक लेख तथा सामाग्रीको लेखक या संवाददाताको नाम सिफारिस गर्न सक्ने छन् ।
९. यो सम्मान प्राप्त गर्ने आधारहरु खुलाई बढीमा ३ सय शब्दको आवेदनसहित पत्रकार महानुभावहरुले आगामी वि.सं. २०७६ चैत १६ गते आइतबार (सन् २०२० मार्च २९) भित्र सन् २०१९ मा आफूले प्रकाशित र प्रसारण गरेको खोजी समाचार या अनुसन्धानात्मक लेख तथा सामग्रीको भिडियो क्लिप, अडियो क्लिप वा प्रिन्ट प्रस्तुत गर्नुपर्नेछ ।
१०. कुनै पनि व्यक्ति वा संस्थालाई यो सम्मान प्रदान गर्न उपयुत लागेमा उचित कारणसहित कुनै पनि व्यक्ति वा संस्थाको सिफारिस गर्न सकिने छ ।
११. सम्मानबारे अन्तिम निर्णय गर्ने अधिकार बारबरा फाउन्डेसन, बारबरा एडम्स खोजी पत्रकारिता सम्मान सञ्चालक तथा निर्णायक समितिमा निहित रहने छ ।

पत्राचार ठेगाना
बारबरा फाउन्डेसन
बालुवाटार, काठमाडौं
पोष्ट बक्स नम्बरस् १९८५५
फोनस् ४४१७१९८/९८१८९४५१५१
इमेल: foundationbarbara@gmail.com

Address

Thirbam Sadak, Baluwatar, Kathmandu

Phone Number

977-1-4417198, +977-9851043965

Email

foundationbarbara@gmail.com

Address

Thirbam Sadak, Baluwatar, Kathmandu

Phone Number

977-1-4417198, +977-9851043965

Email

foundationbarbara@gmail.com

Call For Application

Barbara Foundation Investigative Journalism Award - 2082

Last Submission Date: Jestha 31st, 2082